खाना पकाउने चुलोबाट आगो सल्किएर,छोराको मृत्यु, आमा घाइते

हेटौंडा टुडे
२०८१ फाल्गुन २६, सोमबार ११:३४ गते

जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर ८ साँक्ट निवासी जनकबहादुर रोकायको घरमा आइतबार राति करिब १२ बजे खाना पकाउने चुलोबाट आगो सल्किएर आगलागी हुँदा रोकयाका १२ वर्षीय छोरा अमर रोकायको मृत्यु भएको हो।आगलागीमा परि रोकाया र उनकी श्रीमती बिजुली रोकाय समेत घाइते भएका छन्। ७ जनाको परिवार रहेको घरमा अरू सबै भागेर ज्यान बचाउन सफल भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

आगलागीबाट ढुंगा, माटो र खरले छाएको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगलागीबाट खाद्यान्न, लत्ता कपडासहित १ लाख २५ हजार नगदसमेत जलेर नष्ट भएको जानकारी आएको हो। घटनाको थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरिक्षक हरिराम डाँगीको कमाण्डमा ७ जनाको टोली खटाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*