भोली होलीको दिन कस्तो रहला मौसम ?

हेटौंडा टुडे
२०८१ फाल्गुन २८, बुधबार १३:३९ गते

हेटौंडा। होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । यस वर्षको होली पहाडी जिल्लाहरुमा फागुन २९ गते र तराईका जिल्लामा चैत १ गते मनाइँदै छ ।

रंगहरुको पर्व होलीको दिन पनि राम्रोसँग घाम नलाग्ने जल तथा मौसम विज्ञान विभागका मौसमविदले बताएका छन् । मौसमविदका अनुसार होलीसम्म घाम राम्रोसँग नलाग्ने जानाएको छ। आगामी तीन दिनसम्मै घाम खुलेर नलाग्ने र घाम–बादल, घाम–बादल मात्रै हुने सम्भावना रहेको छ। त्यसैगरी मौसमविदका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा अघिल्ला दिनहरुमा जस्तै आगामी तीन दिनसम्म बादल लाग्ने छ । तर ठूलो पानी पर्ने सम्भावना छैन ।

अहिलेको मौसमी प्रणाली कमजोर भएकाले टलक्क घाम लाग्ने अवस्था छैन । पानी परिहालेछ भने पनि अलि–अलि छिट्याउने जस्तो मात्र देखिने मौसमविदले बताएका छन। उनका अनुसार गण्डकीभन्दा पश्चिमको भूभागमा पनि बादल लाग्ने तर पानी नपर्ने सम्भावना छ । आगामी तीन दिनसम्म अवस्था यस्तै रहने सम्भावना छ । अहिलेसम्मको अवस्था हेर्दा अर्को हप्ताबाट भने मौसममा सुधार हुने सम्भावना छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*