ज्ञानेन्द्र शाहले अस्वीकार गरे काठमाडौँ महानगरको जरिवाना पत्र

हेटौंडा टुडे
२०८१ चैत्र १७, आईतवार ११:४८ गते

हेटौंडा । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र बुझ्न अस्वीकार गरेका छन् । गत शुक्रबार तीनकुनेमा उनकै उक्साहटमा भएको आन्दोलनका क्रममा भएको फोहोर र तोडफोटको मूल्याङ्कन गरी महानगरपालिकाले ७ लाख ९३ हजार जरिवाना तोकेर पत्र काटेको थियो । उक्त पत्र लिएर निर्मल निवास पुगेको महानगरपालिकाको टोलीलाई त्यहाँबाट फिर्ता पठाइएको छ । ज्ञानेन्द्र शाहले पत्र बुझ्न नमानेपछि टोली यत्तिकै फर्केका हुन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*