मकवानपुर राक्सिराङमा विद्युतको लाइन सर्ट भइ आगलागी हुँदा घर जलेर नष्ट

हेटौंडा टुडे
२०८१ चैत्र १७, आईतवार १४:५६ गते

 हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका-५ बोटबारी स्थित भिम बहादुर मोक्तानको घरमा आगलागी भएको छ। मोक्तानको घरमा सोमबार विद्युतको लाइन सर्ट भइ आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार आज बिहान ९:३० बजेको समयमा मोक्तानको एकतले ढुंगा र माटोले बनेको घरमा विद्युतको लाईन सट भई एक्कासि आगोलागी भएको हो। प्रहरीका अनुसार,आगलागीबाट घरभित्र रहेको नगद रू. ४०,००० (चालिस हजार) जलि नष्ट भएको, अन्नपात, काठ, भाडावर्तन र लत्ताकपडा गरी अन्दाजी रु ७ लाख बराबरको क्षति भएको भनि घरधनिले जानकारी गराउनुभएको छ। प्रहरी चौकी चैनपुर मकवानपुरबाट प्र.स.नि.नबिन कुमार सिंहको कमाण्डमा टोली र स्थानीयको  सहयोगमा आगो निभाइएको जानकारी दिइएको छ। मानवीय र पशुचौपायाको क्षति नभएको जानकारी दिइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*