वाईवाईको हट एण्ड स्पाइसी नुडल्स बजारमा, उत्कृष्ट टिकटक बनाउनेलाई १० हजार पुरस्कार दिने

हेटौंडा टुडे
२०८१ चैत्र २६, मंगलवार १२:४७ गते

चाउचाउ ब्रान्ड वाईवाईले नयाँ स्वादमा ‘वाईवाई क्विक हट एण्ड स्पाइसी नुडल्स’ नेपाली बजारमा ल्याएको छ । प्रतिप्याकेट ५० रुपियाँमा उपलब्ध यो चाउचाउ प्रिमियम वर्गका साथै पिरो स्वाद मन पराउने उपभोक्ताहरूलाई लक्षित गर्दै प्रस्तुत गरिएको कम्पनीले जनाएको छ । ‘पिरोपनको परिभाषा व्यक्ति अनुसार फरक हुन्छ । कसैलाई एकदम तीव्र स्वाद मन पर्छ भने, कसैले सन्तुलित मसला रुचाउँछन् । यो हट एण्ड स्पाइसी नुडल्स पनि उपभोक्ताहरूको पिरो स्वादप्रतिको रुचिलाई मध्यनजर गर्दै तयार गरिएको सीजी फुड्सले जनाएको छ । यस नयाँ उत्पादनले उपभोक्ताको अपेक्षा अनुसारको स्वाद अनुभव गराउनेछ र वाइ वाइलाई झनै लोकप्रिय बनाउन सहयोग पुग्ने कम्पनीले जनाएको छ ।

कम्पनीले ‘स्पाइसभर्स टिकटक चुनौती’ नामक प्रतिस्पर्धा पनि सुरु गरेको छ, जहाँ विशेष प्रविधिमा आधारित फिल्टर प्रयोग गरी भाग लिने सहभागीमध्ये हरेक साता सबै भन्दा धेरै लाइक प्राप्त गर्ने प्रस्तुतिलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*