तीनकुने घटनाका थप दुई जना पक्राउ, हिरासतमा पुग्नेको संख्या ७५ पुग्यो

हेटौंडा टुडे
२०८१ चैत्र २७, बुधबार १३:३० गते

तीनकुने हिंसात्मक प्रदर्शनमा सहभागी भएको अभियोगमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिका-५ घर भएका ४५ वर्षीय दिलकुमार श्रेष्ठ र सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका-४ का ३० वर्षीय जितबहादुर श्रेष्ठ छन्।

पक्राउ परेका उनीहरुविरुद्ध आपराधि उपद्रव र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट २० दिनको म्याद थप भएको छ। गत १५ चैतमा दुर्गा प्रसाईं नेतृत्वको राजाबादीको उक्त हिंस्रक घटनामा संलग्न रहेको अभियोगमा हालसम्म प्रहरीले ७५ जनालाई नियन्त्रणमा लिइसकेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*