करेन्ट लागेर २ जनाको मृत्यु

हेटौंडा टुडे
२०८१ चैत्र ३१, आईतवार १५:४७ गते

झापा र इलाममा गरी करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। झापाको कनकाई नगरपालिका- १ का ६६ वर्षीय ताराबहादुर विश्वकर्मालाई आफ्नै घरमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा अचानक करेन्ट लागेको थियो । घाइते भएका उनलाई उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।यसैगरी, इलामको माई नगरपालिका- ८ का ४६ वर्षीय मदनकुमार राई घरमा कोही नभएको अवस्थामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।​ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*