साताको कारोबारको चौथो कारोबार दिन बुधबार सेयर बजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८ अङ्कले घटेर २६२३ बिन्दुमा झरेको छ । ३१४ कम्पनीको २ करोड ४६ लाख कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेकाअनुसार १०७ कम्पनीको सेयर मूल्य बढ्यो भने १३६ कम्पनीको घटेको छ ।
बुधबार सबैभन्दा धेरै कारोबार राधी विद्युत् कम्पनीको भएको छ । राधीको सेयरमा मात्रै ५८ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो । आज अधिकाङ्श सूचक ओरालो लागेका छन् । बैङ्किङ ०.७०, विकास बैङ्क १.०६, फाइनान्स १.२४, होटल तथा पर्यटन ०.५०, लगानी ०.११, जीवन बीमा ०.०७, उत्पादन ०.७२, निर्जीवन बीमा ०.१८ र अन्य १.१६ प्रतिशतले घटेको छ । तर, हाइड्रोपावर ०.६१, माइक्रोफाइनान्स ०.०४ र व्यापार समूह ०.४० प्रतिशतले उकालो लागेको छ ।






















