विद्यालय कर्मचारी परिषद्ले गर्‍यो नयाँ आन्दोलनको घोषणा

हेटौंडा टुडे
२०८२ बैशाख १९, शुक्रबार ११:४३ गते

हेटौंडा । शिक्षक आन्दोलनमा सँगै रहेका विद्यालय कर्मचारीलाई नेपाल शिक्षक महासंघले धोका दिएर सरकारसँग आफ्नो लागि मात्र सम्झौता गरेको भन्दै विद्यालय कर्मचारी परिषद्ले नयाँ आन्दोलनको घोषणा गरेको छ । विद्यालय कर्मचारी परिषद्ले नेपाल शिक्षक महासंघविरुद्ध आन्दोलनको घोषणा गरेको हो । आन्दोलन वैशाख २१ देखि सञ्चालन हुनेछ । कक्षा १२ को परीक्षमा कालोपट्टी बाँधेर काम गर्ने भएका छन।

विद्यालय कर्मचारी, राहत, बाल विकासलगायत कोटाका कर्मचारी शिक्षकलाई अलपत्र पारेको आरोप परिषद्को छ । शिक्षक महासंघको समापन कार्यक्रममा बिहीबार दुई पक्षबीच चर्काचर्की भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*