मङ्गलबारसम्म वर्षाको सम्भावना

हेटौंडा टुडे
२०८२ बैशाख २१, आईतवार ११:२९ गते

 हेटौंडा ।  जल तथ मौसम विज्ञान महाशाखाले मङ्गलबारसम्म देशभर वर्षाको सम्भावना रहेको जनाएको छ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ ।  हाल गण्डकी र बागमती प्रदेशमा साधारणतयादेखि अधिकाङ्श बदली रही बाँकी भू-भागमा आङ्शिकदेखि साधारणतया बदली रहेको छ । बागमती र गण्डकीका केही स्थानहरूमा तथा कोशी, मधेस र लुम्बिनीका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनीलगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग्र/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । देशका हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । यसका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*