आज सुनको मूल्य सामान्य बढ्यो

हेटौंडा टुडे
२०८२ बैशाख २२, सोमबार १०:५९ गते

हेटौंडा । नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन अघिल्लो दिनको तुलनामा ५०० रुपैयाँले बढेको हो।  आज सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ  । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको थियो । यसैबिच चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको चाँदी सोमबार पनि सोही कायम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*