हेटौंडा । मकवानपुरको राक्सिराङमा बोलेर दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बुधबार बिहान मकवानपुरको राक्सिराङ गाउँपालिका-९ अठारेस्थित भित्रि सडक खण्डमा खैराङबाट मनहरी तर्फ आउदै गरेको बा १५ च १३३३ न.को बलोरो सडकदेखि अन्दाजी ५० मिटर तल खस्न गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घाइतेहरुमा राक्सिराङ गाउँपालिका-९ बस्ने वर्ष १६ का हिमाल बस्नेत, सोही स्थान बस्ने वर्ष ३५ का बुद्धिमान घलान, वर्ष ७५ का डिल ब.घलान, वर्ष ६५ को फुलमाया घलान, वर्ष ३८ का रुप बहादुर राउत, वर्ष ४८ का दिपक खड्का रहेका छन् । उनिहरुकाे अवस्था गम्भीर रहेको प्रहरीले जनाएकाे छ । त्यस्तै वर्ष ५० का सुर्य अधिकारी, वर्ष १४ का कुमार तामाङ, वर्ष २८ का सुजन तामाङ पनि दुर्घटनामा घाइते भएका छन् । घाइतेहरुलाई स्थानियबासी र प्रहरीकाे सहयोगमा उद्धार गरी उपचारको लागि मनहरी अस्पताल तर्फ पठाइएकाे छ।






















