नेपाल महिला टी-२० विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश

हेटौंडा टुडे
२०८२ जेष्ठ २, शुक्रबार १४:०२ गते

हेटौंडा । नेपाली महिला टाेली आईसीसी टी–२० विश्वकप एशिया छनाेटकाे ‘सुपर–थ्री’ मा प्रवेश गरेकाे छ । आज हङकङ र बहराइनबीचको समूह चरणकाे अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल धेरै जीतका आधारमा सुपर–थ्रीमा प्रवेश गरेकाे हाे । नेपालले ४ खेलमा २ मा जीत, १ मा बराबरी र १ मा नतिजाविहीन हुँदा ५ अङ्क जाेडेकाे थियाे । हङकङले ४ खेलमा १ मा जीत र ३ मा नतिजा विहीन हुँदै ५ अङ्क जाेडेकाे छ । बहराइन भने ४ खेलमा २ मा बराबरी र २ मा हारसहित २ अङ्क जाेडेर पुछारमा रह्याे ।

महिला टी–२० विश्वकप एशिया छनोटमा सहभागी भएका ९ टोलीलाई ३ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेता सुपर थ्री मा पुग्नेछन् । सुपर थ्रीको शीर्ष २ टोली ग्लोबल छनोटमा पुग्नेछन् । नेपालले सुपर–थ्रीमा बलिया टोली यूएई र थाइल्यान्डसँग खेल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*