हेटौंडा । मंगलबार दिउँसो कास्कीको सिनुवा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो १ बजेर ५९ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको बताईएको हो। भूकम्पको धक्का कास्की सहित तनहुँ, बागलुङ, पर्वतलगायतका जिल्लामा महसुस भएको बताइएको छ ।
सेयर गर्नुहोस्


















