फेरि बढ्यो सुनको मूल्य

हेटौंडा टुडे
२०८२ जेष्ठ ८, बिहीबार १०:५९ गते

हेटौंडा । नेपाली बजारमा बिहिबार सुनको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। बुधबारदेखि पहेँलो धातुको मोल निरन्तर बढेको हो । आज तोलामा एक हजार ७०० ले वृद्धि भएको छ। चाँदी पनि तोलामा ३५ रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९१ हजार ५०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी दुई हजार २५ मा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार ३५५ डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*