यस पटक डेंगु सङ्क्रमणको जोखिम बढ्ने

हेटौंडा टुडे
२०८२ जेष्ठ ११, आईतवार १२:४१ गते

हेटौंडा । यसपटक सरदरभन्दा बढी बर्खा हुने भएपछि डेंगु सङ्क्रमणसमेत बढ्ने प्रक्षेपण गरिएको छ । जल तथा मौसम विज्ञान विभागले यसपटक मनसुनमा सरदरभन्दा बढी पानी पर्ने भनेपछि डेंगु सङ्क्रमणको जोखिम पनि बढ्ने  इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

गत वर्षको तुलनामा हाल कम सङ्क्रमण देखिएको छ तर यस वर्ष मौसम विभागले धेरै नै पानी पर्ने भनेको छ । त्यसले सङ्क्रमणको जोखिम बढाउने छ । धरै पानी परेपछि जम्मा हुने पानीमा डेङ्गी सार्ने लामखुट्टे फस्टाउदै जान्छ त्यसैले सबैले सतर्कता अपनाउनु होस । पानी जम्मा हुने टायर, गमला जस्ता ठाउँ हालैदेखि व्यवस्थापन गर्नुपर्दछ। डेङ्गी सरुवा रोग भएकोले धेरै सतर्कता अपनाउनु पर्दछ । थोरै मात्र पानी जम्मा भएको भाँडामा पनि यो लामखुट्टेले फुल पार्दछ र यसको वृद्धि विकास हुन्छ ।

शाखाका अनुसार पुस १७ देखि हालसम्म ७१ जिल्लामा एक हजार ८१ जनामा सङ्क्रमण देखिएको र पाँच जनाभन्दा बढी सङ्क्रमण भएका ३० स्थानीय तहमा सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न पत्राचार गरिएको जानकारी दिएका छन । सन् २०२४ मा डेङ्गी सङ्क्रमण ७६ जिल्लामा फैलिएको थियो भने १५ जनाको मृत्यु र ४१ हजार ८६५ जना सङ्क्रमित भएका थिए ।

डेंगुका मूख्य लक्षणहरू

  • उच्च ज्वरो आउन
  • जोर्नी र मांशपेशीहरू बेस्सरी दुख्नु
  • आँखाको गेडी दुख्नु
  • बेस्सरी टाउको दुख्नु
  • शरीरमा राता बिमिराहरू आउनु
  • वाकवाकी लाग्नु वा वान्ता हुनु

डेंगुबाट बच्ने उपायहरू:

  • एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्दछ । त्यसमाथि पनि बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकोले सो समयमा थप सचेत हुनु पर्दछ।
  • घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्नु पर्छ ।
  • बिहान, दिउँसो, राती जुनसुकै बेला झुल लगाएर मात्र सत्नु पर्छ।
  • पूरै शरिर ढाक्ने लुगा लगाउनु पर्छ ।
  • पानी राख्ने भाँडाहरू जस्तै ट्यांकी, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राखौं । साथै पानी जम्न सक्ने ठाउँमा पानी जम्न नदिन नियमित सफा गर्नु पर्छ।
  • काम नलाग्ने र पानी भरिन सक्ने सामानहरू जस्तै बोतल, टायर, प्लास्टिकका बस्तुहरू पानी जम्न नमिल्ने गरि विसर्जन गर्नु पर्छ ।
  • आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिने । पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरि राम्ररी छोपेर राख्ने दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाईबाट बच्ने मलम  लगाउनु पर्छ।
  • घर/विधालयको अध्याँरा कुना–काप्चा, जस्तैः पर्दा पछाडी, खाटमुनि, शौचालय भित्र, डेस्क/बेन्च मुनि आदि जस्ता ठाउँहरुमा किटनाशक औषधि छर्कने गर्नु पर्छ।

 

डेंगुका लक्षणहरू देखिएमा के गर्ने ?

  • स्वास्थ्य संस्थामा गई चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह लिने ।
  • चिकित्सकको सल्लाह नलिईकन कुनै पनि औषधी सेवन नगर्ने
  • अस्पताल भर्ना हुन सल्लाह दिएमा तुरुन्त भर्ना हुने ।

 

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*