सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

हेटौंडा टुडे
२०८२ जेष्ठ २३, शुक्रबार ११:२५ गते

हेटौंडा । स्थानीय बजारमा आज सुनको मूल्यमा कुनै परिवर्तन भएको छैन भने चाँदीको भाउ बढेको छ। बिहीबारको तुलनामा आज चाँदी प्रति तोलामा ७५ रुपैयाँले वृद्धि भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज एक तोला सुनको मूल्य १ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको छ। यस्तै, एक तोला चाँदीको मूल्य २ हजार १५० रुपैयाँ निर्धारण भएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य ३ हजार ३८९ डलर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*