सुनको मूल्य घट्दा चाँदीको भने बढ्यो

हेटौंडा टुडे
२०८२ जेष्ठ २६, सोमबार ११:०९ गते

हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको हो । यससँगै सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ६ सय रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ७ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ । आइतबार तोलामा २१ सय ४५ रुपैयाँ कायम भएको चाँदी सोमबार २१ सय ५० रुपैयाँमा कायम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*