विपक्षी दलहरूको बैठक जारी

हेटौंडा टुडे
२०८२ जेष्ठ ३०, शुक्रबार १२:०५ गते

हेटौंडा ।संसदको जारी गतिरोध अन्त्यका लागि आज (शुक्रबार) पनि प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले विपक्षी दलहरूको बैठक बोलाएको छ। संसद्को बैठक बस्नुअघि विपक्षी दलहरूको बैठक बोलाएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएका छन्।

सत्तापक्ष समक्ष प्रस्ताव गरिएको ड्राफ्टमा विपक्षी दलहरूबीच साझा धारणा बनाउनका लागि बैठक बोलाएको उनले बताएका छन्। त्यसपछि सत्तापक्षसँग छलफल हुने पाण्डेले बताएका छन्। ‘पहिले हामी विपक्षी दलहरूबीच छलफल गरेर साझा धारणा बनाउँछौँ । त्यस लगत्तै हामी सत्तापक्षसँग छलफल गर्छौ । आज एउटा मिलन बिन्दुमा पुगिन्छ होला’, पाण्डेले भने । बिहीबार माओवादीले नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टीसँग छलफल गरेर सत्तापक्षसँग छलफल गरेको थियो तर सहमति हुन सकेको थिएन ।

सत्तापक्ष र प्रतिपक्षका नेताहरूले शुक्रबारसम्म सहमतिको बिन्दुमा पुग्न सकिने विश्वास व्यक्त गरेका थिए। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक समेत जोडिएको भन्दै विपक्षी दलहरूले उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान राखेका छन्। सोही प्रकरणका कारण जेठ १३ गतेदेखि संसद्को अवरोध जारी छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*