सुनको मूल्य सामान्य बढ्यो

हेटौंडा टुडे
२०८२ असार १, आईतवार ११:२२ गते

हेटौंडा।  नेपाली बजारमा आइतवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार तोलामा १ लाख ९७ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आइतवार बढेर तोलामा १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको हो ।

यस्तै छापावाल सुन प्रति १० ग्राम तोलामा १ लाख ६९ हजार ३२५ रुपैयाँ कायम भएको छ । यसैबिच चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार तोलामा २ हजार १६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार पनि स्थिर रहेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*