सभामुखलाई ज्ञानेन्द्र शाहीको आग्रह- दादागिरी बन्द गर्नुस्

हेटौंडा टुडे
२०८२ असार १, आईतवार १३:४१ गते

हेटौंडा। राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सभामुख देवराज घिमिरेलाई दादागिरी बन्द गर्न आग्रह गरेका छन् । आइतबार (असार १) पनि भिजिट भिसा प्रकरणमा छानबिन समिति माग गर्दै राप्रपा सांसद प्रतिनिधिसभा बैठकमा आफ्नो आसनमा उभिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदले वेल घेराउ गरेका छन् ।

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले भिजिट भिसा प्रकरणमा दोषीमाथि कारबाही गर्नुपर्ने विषयमा साथ दिन आग्रह गरे । “संसद्‌मा आन्दोलन भइरहँदा यसरी संसद् चलाउनु उचित हुन्छ ? उचित हुँदैन,” उनले भने, “उहाँहरू पनि, हामी पनि जनता जिताएको जनप्रतिनिधि हो । भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही गरियोस् भन्नेमा सबैले साथ दिनुस् ।”

राप्रपा र रास्वपाका सांसद्को अवरोधबीच सभामुख देवराज घिमिरेले संसद् बैठकको कार्य अघि बढाएका छन् । शाहीले थपे, “यसरी संसद् चलाउनु संसदीय अभ्यास होइन, दादागिरी हो । दादागिरी बन्द गर्नुस् !”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*