हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा स्थानीय तहलाई अनुदान र कर बाँडफाँडबापत १४ अर्ब १५ करोड ८९ लाख रूपैयाँ हस्तान्तरण गर्ने भएको छ ।
बजेट बक्तव्यमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रदेश सरकारले आगामी वर्षमा स्थानीय तहका लागि समानीकरण अनुदान एक अर्ब ६६ करोड रूपैयाँ हस्तान्तरण गर्ने उल्लेख गरेका हुन्। सशर्त अनुदानबापत तीन अर्ब ४३ करोड ८८ लाख रूपैयाँ, समपुरक अनुदानबापत दुई अर्ब ७९ करोड ८६ लाख रूपैयाँ, विशेष अनुदानबापत ७६ करोड ३० लाख रूपैयाँ उपलब्ध गराउने भएको छ ।
त्यस्तै, सवारी कर बाँडफाँडबापत प्रदेश सरकारले आगामी आर्थिक वर्षमा पाँच अर्ब ५० करोड रूपैयाँ हस्तान्तरण गर्ने अनुमान गरेको छ ।
सेयर गर्नुहोस्


















