हेटौँडामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

हेटौंडा टुडे
२०८२ असार ५, बिहीबार १६:४३ गते

हेटौँडा । मकवानपुर, हेटौँडामा बिहीबार दिउँसो देखि भारी वर्षा भइएको छ । हेटौँडा वर्षा मापन केन्द्र र आसपास क्षेत्रमा मध्यम देखि भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको हो। कर्रा नदी लगायत उक्त क्षेत्र भई बहने साना खोलामा जल सतह बढ्ने भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार “मकवानपुर जिल्लास्थित हेटौँडा आसपासको क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको छ”, विभागले जारी गरेको सूचनामा उल्लेख छ, “कर्रा नदी लगायत सो क्षेत्र भई बहने स–साना खोलाहरूमा जलसतह बढ्ने हुँदा तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*