राक्सिराङमा आगामी वर्षको लागि ६३ करोड ५२ लाख बजेट

हेटौंडा टुडे
२०८२ असार १०, मंगलवार १६:३८ गते

 हेटौंडा।  राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६३ करोड ५२ लाख ३१ हजार २ सय ८९ रुपैयाँको बजेट घोषण गरेको छ। यो बजेट गत वर्षभन्दा ८ करोड ९० लाख ५८ हजार २ सय ८९ रुपैयाँ वा १६.३%ले बढी हो। बजेटको व्यवस्थापनका लागि संघीय सरकारबाट ४३ करोड ८९ लाख ७८ हजार ४ सय ७२ रुपैयाँ अनुदान, प्रदेश सरकारबाट १० करोड ५८ लाख २२ हजार ८ सय १७ रुपैयाँ अनुदान र गाउँपालिकाको आन्तरिक स्रोतबाट ९ करोड ४ लाख ३० हजार रुपैयाँ सङ्कलन गर्ने योजना छ। खर्च तर्फ चालु खर्चमा ४८ करोड ५३ लाख ५४ हजार १ सय ५५ रुपैयाँ (कुल बजेटको ७६.४%) र पूँजीगत खर्चमा १४ करोड ९८ लाख ७७ हजार १ सय ३४ रुपैयाँ (कुल बजेटको २३.६%) विनियोजन गरिएको छ। राक्सिराङको आगामी आर्थिक वर्षको बजेटमा चालु खर्चमा वृद्धि गरिएको देखिन्छ भने चालु खर्चको तुलनामामा पूँजीगत खर्च घटाइएको छ। सङ्घीय र प्रदेश सरकारको अनुदानमा समेत वृद्धि भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*