हेटौंडा । मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार दिउँसो एकबजे सिंहदरबारमा बस्नेगरि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । आजको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको स्पेन भ्रमण लगायतका एजेन्डामा छलफल गर्ने तयारी छ । प्रधानमन्त्री शनिवार युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणमा जाँदैछन् । स्पेन भ्रमणका क्रममा त्यहाँ यही असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा प्रधानमन्त्रीले भाग लिने कार्यक्रम छ ।
सेयर गर्नुहोस्


















