हेटौंडा। मोटरसाइकल दुर्घटनामा हुदा एकजनाको मृत्यु भएको छ भने दुर्घटनामा दुईजना घाइते भएका छन् । आइतबार राति ११:५० बजेतिर सिन्धुलीको कमलामाई नगरपालिका- १४ रानिबास स्थित मदनभण्डारी राजमार्गमा ज ४ प ३४९८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३५ वर्षीय राजेन्द्र कुवरको मृत्यु भएको हो । प्रहरीका अनुसार कुवरको उपचारका लागि बर्दीबास तर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । कुवर युवा संघका स्थानीय नेता थिए । सिन्धुलीको भिमान बजारबाट रानीबास तर्फ जाँदै गरेको उक्त मोटरसाइकल दुर्घटना हुँदा मोटर साइकल चालक कमलामाई नगरपालिका १४ तल्लो रानिबासका २१ वर्षीय मनिश धामी र सोही ठाउँका १४ वर्षीय करण घाइते भएका छन् । घाइतेको दायाँ कुम र दायाँ हातमा चोट लागि जनसेवा अस्पताल बर्दिबासमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय विमानबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


















