हेटौंडा । सुनचाँदी र हिराका गहनामा अव्यवहारिक कर लगाइएको भन्दै आन्दोलित सुनचाँदी व्यवसायीहरुले असार २२ देखि २७ गतेसम्मको संयुक्त विरोधको तालिका सार्वजनिक गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले देशभर संयुक्त विरोध कार्यक्रम गर्ने गरी तालिका सार्वजनिक गरेको हो । विरोध कार्यक्रमका क्रममा सम्बन्धित पसल तथा व्यवसाय बन्द रहने जनाइएको छ । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत सुनचाँदीका गहनामा दुई प्रतिशत विलासिता कर लागू गर्ने निर्णय गरेपछि आन्दोलनले उग्ररूप लिएको हो ।
व्यवसायीहरूले विलासिता कर खारेज नभएसम्म आन्दोलन जारी रहने बताएका छन् भने साउन १ देखि त अनिश्चितकालीन पसल बन्दको घोषणा यसअघि नै गरिसकेका छन् ।
सेयर गर्नुहोस्


















