कुनै पनि खेल नहारिकन उपाधि जित्न पाउँदा धेरै खुशी छौँः विपिन शर्मा

हेटौंडा टुडे
२०८२ असार २३, सोमबार ११:०२ गते

हेटौंडा । सिसी पुरुष यु-१६ इस्ट जोन कप जितेको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । आइतबार राति त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै टोली स्वदेश फर्किएको हो । शनिबार सम्पन्न खेलमा नेपालले सिंगापुरलाई दुई विकेटले पराजित गर्दै उपाधि जितेको थियो । यसअघि नेपालले सन् २०१७, २०१९, २०२३ मा उपाधि जितेको थियो ।

स्वदेश फर्किएसँगै विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यु १६ का कप्तान विपिनप्रसाद शर्माले कुनैपनि खेल नहारिकन उपाधि जित्न पाउँदा खुशी लागेको बताउनुभएको छ । उहाँले यसअघि नै धेरै खेल खेलिसकेको र त्यसले अनुभव बटुल्न मद्दत गरेको बताउनुभयो । परिणामतः खेल जित्न सम्भव भएको बताउनुभयो ।

यु १६ का प्रशिक्षक दीपेन्द्रबहादुर चन्दले नेपाली टिम राम्रो रहेको र धेरै टिमको जानकारी रहँदा आफूहरुलाई सहज भएको जानकारी दिनुभयो । प्रत्येक खेललाई महत्त्वपूर्ण मानेर खेलेको बताउनुभयो । नेपालले अझै पनि ब्याटिङ सुधार गर्नुपर्ने जरुरी रहेको जानकारी दिनुभयो । फाइनलमा राम्रो खेल्नुपर्ने हुँदाहुँदै चुक्न पुगेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*