हेटौंडाको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको नव निर्मित भवन उद्घाटन्

हेटौंडा टुडे
२०८२ असार २९, आईतवार १६:३३ गते

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ नगरपालिकारोडमा निर्माण भएको आयुरवेद तथा वैकल्पिक चिकित्सालय मकवानपुरको नव निर्मित भवन उद्घाटन् गरिएको छ । आज प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले नयाँ भवनको उद्घाटन् गरेका हुन ।  करिब साढे ७ करोड रुपैयाँ प्रदेश सरकारको लगानीमा उक्त भवन निर्माण गरिएको हो।  कार्यक्रममा बोल्दै उनले आयुरवेद स्वास्थ्यलाई पनि प्रभावकारी ढंगले सञ्चालनमा ल्याउनका लागि बजेट थप गरिएको बताए । अब यहाँ उपचार गर्न आउने विरामीलाई भर्ना गरेर उपचार गर्नेगरी तयारी थालिएको उनले बताए ।

अहिले १० प्रकारका आयुरवेदीक औषधी उत्पादन गरिरहेको र अब थप ११ प्रकारका औषधी यही उत्पादन गरिने उनले बताए । हेटौंडा अस्पतालमा पनि नयाँ भवन निर्माण भइसकेपछी पाँच सय वेढको अस्पतालका रुपमा स्तरबृद्धी गरिने मन्त्री थापाले बताए । कार्यक्रममा बागमती प्रदेशसभाका सदस्यहरु एका लाल श्रेष्ठ, प्रेम बहादुर पुलामी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठ लगायतकाले मन्तब्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*