हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसँग सम्बन्धित तीनवटा विधेयक प्रमाणीकरण गरेका छन् । आर्थिक वर्ष २०८२–८३ को सेवा र कार्यको लागि संघीय सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक सोमबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालय जनाएको छ ।
सेयर गर्नुहोस्


















