बुधबार सुनको मूल्य घट्दा चाँदीको मुल्य बढ्यो

हेटौंडा टुडे
२०८२ श्रावण २१, बुधबार ११:०३ गते

हेटौंडा । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर १ लाख ९८ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको १ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी २ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*