यी हुन् डण्डिफोर निको पार्ने ७ घरेलु उपाय

हेटौंडा टुडे
२०८२ श्रावण २१, बुधबार १४:०२ गते

हेटौंडा । छालाको सेवासियस भनिने तेल ग्रन्थीमा व्याक्टेरियाको संक्रमणमा भएपछि फुल्ने र पिप जम्मा हुने अवस्थालाई हामी डण्डिफोर निस्केको भनिन्छ । तेल ग्रन्थीले अनावश्यक रुपमा धेरै तेल उत्पादन गर्नु नै डन्डिफोरको मुख्य कारण हो । डण्डिफोर खासगरी अनुहार घाटी काँध तथा ढाडमा हुनेगर्छ ।

राम्रो हुने मन कस्लाइ पो हुदैन र सबैको चाहा भनेको आफु अरु भन्दा राम्रो अनि अरु भन्दा अलि फरक नै देखु भन्ने हुन्छ।

डण्डिफोर स्वास्थ्यका लागि भयंकर समस्या मानिदैन त्यैपनि यो महिलाहरुको लागि एउटा चिन्ताको विषय नै हो । अनुहारमा देखिने डण्डिफोले अनुहारको चमक नै हराइदिन्छ । त्यसैले कतिपय युवायुवतीहरु आफ्नो अनुहारमा निस्केको डण्डिफोर प्रति निकै नै चिन्तित हुने गर्छन ।  डण्डिफोर हटाउन बजारमा धेरै क्रिम तथा औषधिहरु पाइन्छ, तर हामी यसपटक यहाँलाई दैनिक जीवनमा प्रयोग भइरहेका बस्तुहरुको प्रयोगबाट डण्डिफोर हटाउने घरेलु उपायबारे जानकारी दिन्छौँ । ती उपायहरु यसप्रकार छन् ।

मह
महले अनुहारमा भएका डन्डीफोरलाई हटाउने काम गर्छ। तर यसबारेमा धेरै कमलाई मात्र जानकारी छ। डन्डीफोर भएको भागमा मह दलेर केही बेर राख्ने र १५ मिनेटपछि चिसो पानीले धुने। अझ तपाईलाई छाला चम्किलो बनाउन मन छ भने चिसो दूधले पनि अनुहार धुन सक्नुहुन्छ। यो उपायले डन्डीफोरको समस्याबाट छुटकारा दिलाउनुका साथै छालालाई चम्किलो समेत बनाइदिन्छ।

पानीको बाफ 

बाफ छालाको उपचारको लागि एकदम प्रभावकारी मानिन्छ । यसले छालाको प्वालहरु खोल्छ र यसमा जम्मा भएको तेल, फोहर किटाणुहरु हटाउछ । ठूलो भाडामा तातो पानी राख्नुस र १०-१५ मिनेटसम्म बाफ तपाईँको डण्डिफोर संक्रमित छालामा पर्न दिनु पर्दछ। त्यसपछि तातो पानीले सफा गरी छाला सुख्न दिने अनि तेलरहीत मोस्चराइजर प्रयोग गर्नुपर्दछ ।

कागतीको रस
डन्डीफोरका लागि कागतीको रस एकदमै प्रभावकारी हो। यसले डन्डीफोरको समस्या हटाउनका साथै छालालाई चम्किलो पनि बनाउँछ। तर, कागतीको रस सीधै अनुहारमा लगाउँदा यसले पोल्छ। त्यसैले यसलाई पानी वा महसँग मिसाएर लगाउनुपर्छ।

काँक्रो

काँक्रोमा पाइने भिटामिन ए सी र इ तथा यसको चिसो बनाउने विशेषताले छालाको लागि एकदमै फाइदा जनक छ । काँक्रोको सानो सानो टुक्रा बनाई त्यसलाई सफा पानीमा भिजाउनुस । यसो गर्दा यसमा भएको भिटामिन ए, पोटासियम र क्लोरोफिल पानीमा जान्छ । यो पानी पिउनुस अथवा छालामा लगाउनुस । अथवा काँक्रोलाई पिधेर पेष्ट बनाई त्यसलाई छालामा लगाउनुस । करीब १५ मिनेटपछि मनतातो पानीले छाला सफा गर्नुस । यसले छालामा हुने फोहोर तेल र किटाणु हटाउछ ।

मेवा 

मेवामा हुने भिटामिन ए , इन्जाइम तथा यसको जलन कम गर्ने र छाला मुलायम बनाउने विशेषता ले गर्दा यसलाई छालारोग उपचारको लागि प्रयोग गर्न सकिन्छ । मेवा पिधेर त्यसको जुस छालामा डण्डिफोरमा लगाएर १५-२० मिनेट छाडिदिनुस र त्यसपछि सफा मनतातो पानीले सफा गर्नुस अथवा मह र मेवा मिसाई लेप बनाउनुस त्यसलाई छालामा लगाउनुस र सुक्न दिनुस । सुकेपछि मन तातो पानीले सफा गर्नुस तपाईँको छालामा निस्केका विविरा तथा डण्डिफोर हराएर जान्छ ।

ल्वाङ
डन्डीफोरको समस्याबाट राहत दिलाउन ल्वाङ निकै गुणकारी मानिन्छ। यस्का लागि तपाईले एक कप पानीमा ल्वाङ उमाल्नु पर्ने हुन्छ। पानी चिसो भएपछि त्यसमा भएका ल्वाङलाई मुछ्ने र मुछिएको लेदोलाई डन्डीफोर भएको ठाउँमा दल्ने। यसका पाउडर वा पेस्ट बनाएर अथवा यसको तेललाई डन्डीफोर भएको ठाउँमा लगाए फायदा हुन्छ। आधी घण्टासम्म राख्ने र चिसो पानीले अनुहार धुने।

केराको बोक्रा
केराको प्याकले छालालाई कोमल बनाउनका साथै छालाको भित्री भागमा पोषण पनि पुर्याउँछ। केराको साथसाथै त्यसको बोक्रा पनि त्यति नै लाभकारी छ। यसले डन्डीफोरको समस्या हटाउन मद्दत गर्छ। केरालाई मुछेर यत्तिकै वा महसँग मिसाएर लगाउँदा अनुहारका छिद्र खुल्छन्। दहीसँग केरा मिसाएर लगाउनाले पनि फायदा हुन्छ। पानीले धोएपछि अनुहारमा आइस दल्ने र मसाज गर्ने।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*