हेटौंडा । मकवानपुरकी एक महिला भरतपुरमा मृत अवस्थामा फेला परेकी छन् । भरतपुर महानगरपालिका–७, विशालचोकमा एक महिला मृत अवस्थामा फेला परेकी हो । मकवानपुरको मनहरी गाउँपालिका–३ घर भइ हाल विशालचोकमा डेरा गरी बस्ने ४८ वर्षीया सिता सुवेदी शुक्रबार बिहान विकाश पौडेलको बारीमा मृत अवस्थामा भेटिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनकारी दिएको छ ।
प्रहरीका अनुसार सुवेदीको मानसिक अवस्था केही समय देखि ठीक नभएको प्रारम्भिक जानकारी परिवारबाट प्राप्त भएको छ। घटनास्थलमा मृतकका छोरा र बुहारी पुगेका थिए। बिहान करिब १०:१५ बजे प्रहरीले मुचुल्का कार्य सम्पन्न गरी शवलाई पोष्टमार्टमका लागि भरतपुर स्थित सरकारी अस्पताल पठाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सेयर गर्नुहोस्






















