नेपाली महिला टोली आज साउदी सँग खेल्दै

हेटौंडा टुडे
२०८२ श्रावण २३, शुक्रबार १२:४० गते

हेटौंडा। एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपालले आज साउदी अरेबियासँग खेल्दै छ । नेपालले शुक्रबार छनोटको समूह चरणअन्तर्गत साउदी अरेबियासँग प्रतिस्पर्धा गर्न लागेको हो ।

खेल नेपाली समयानुसार, भुटानको थिमपुस्थित चिङलीमिथाङ रंगशालामा दिउँसो १:४५ बजे हुनेछ ।

यसअघि, पहिलो खेलमा नेपालले भुटानसँग १–१ को बराबरी खेलेको थियो ।  समूहमा दक्षिण कोरिया शीर्ष स्थानमा छ । उसले पहिलो खेलमा साउदी अरेबियालाई १५–० ले पराजित गर्दै पहिलो तीन अंक दर्ता गरेको थियो । नेपाल र भुटानले भने समान एक–एक अंक बनाएका छन् ।

समूहमा नेपालसँगै दक्षिण कोरिया, भुटान र साउदी अरेबिया छन् । छनोट चरणमा प्रत्येक समूहको शीर्ष टोलीले आउँदो वर्ष आयोजना गरिने एएफसी यू–२० महिला एसियन कपको अन्तिम चरणमा स्थान बनाउनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*