हेटौँडा । बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन आनाकानी गरिरहेको कांग्रेसको एक समूह अन्ततः हेटौँडा पुगेको छ । पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाको समूह भर्खरै काठमाडौँबाट हेटौँडा आइपुगेका छन ।
लामा समूहका १३ जना नै सांसद केहीबेरअघि हेटौडा पुगेका हुन् । उनीहरू पुगेसँगै प्रदेश सभा बैठक बस्ने तयारी भएको छ । ४ बजे बस्ने भनिएको बैठक ढिलागरी सुरु हुन लागेको हो ।
सेयर गर्नुहोस्






















