हेटौंडाका सञ्चालित कन्सल्टेन्सीहरुलाई ७ दिन भित्र सम्पूर्ण कागजात पेश गर्न प्रशासनको निर्देशन

हेटौंडा टुडे
२०८२ भाद्र २, सोमबार १३:३२ गते

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौडामा सञ्चालित शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण सञ्चालन गर्ने इन्स्टिच्युट तथा कन्सल्टेन्सीहरुलाई सात दिनभित्र सम्पूर्ण कागजात पेश गर्न निर्देशन दिएको छ। प्रशासनले आज एक सूचना जारी गर्दै एक हप्ताभित्र कन्सल्टेन्सीहरूका अध्यावधिक कागजातहरू उपलब्ध गराउन भनेको हो ।

प्रशासनले शिक्षा मन्त्रालय र सामाजिक विकास मन्त्रालयबाट प्राप्त इजाजत पत्र, व्यवसाय दर्ता, कर दाखिलाको विवरण, इजाजत पत्र वा व्यवसायी दर्ता नवीकरणको पत्र, भाषा प्रशिक्षक र परामर्शदाताको विवरण, घरभाडा सम्झौतालगायत सम्पूर्ण विवरणहरू ७ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउन सूचना जारी गरेको हो।

त्यसैगरी सुचनामा लेखिएको छ, “प्रस्तुत विषयमा मकवानपुर जिल्लामा सञ्चालित शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण गराउने संस्थाहरुले प्रचलीत कानुन बेगर सञ्चालनमा रही अनुमति विपरितका कार्यहरु गर्ने गरेको भन्ने गुनासो प्राप्त हुन आएको सम्बन्धमा देहाय बमोजीम विवरण अद्यावधिक गरी ७ दिन भित्र यस कार्यालयमा उपलब्ध गराउनु हुन सम्बन्धित सबैमा सुचित गरीएको छ।”

प्रशासनले तोकेको समयमा सम्पूर्ण कागजात उपलब्ध नगराएमा वा मापदण्ड पूरा गरेको नपाइएमा कानुन बमोजिम कारबाही गर्ने समेत जनाएको छ।

May be an image of text

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*