लगातार बढ्यो सुनको मूल्य, दिनदिनै नयाँ रेकर्ड

हेटौंडा टुडे
२०८२ भाद्र १६, सोमबार ११:०५ गते

हेटौँडा। प्रतितोला २ लाख नाघेपछि सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड बन्न थालेको छ । केही दिनयता मूल्य बढ्दै गएपछि सुनको  मूल्यमा एक पछि अर्को रेकर्ड बन्न थालेको हो । त्यसैगरी सोमबार पनि सुनको मूल्य थप बढेको छ ।

आज प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिन प्रतितोला २४२५ रुपैयाँ रहेको चाँदी आज २४७० रुपैयाँ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*