हेटौंडा । आईसीसी टि ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत अन्तिम खेलमा नेपालले सामोआविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा सामोआले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।
यो खेलमा जित निकाले नेपाल छनोटको ट्रफी जित्नेछ । नेपालले प्लेइङ-११ मा ३ परिवर्तन गरेको छ। सोमपाल कामी, कुशल मल्ल र आदिल आलमलाई विश्राम दिदै करण केसी, ललित राजवंशी र आरिफ शेखलाई प्लेइङ-११ मा राखिएको छ।
सामोआविरुद्ध नेपालको प्लेइङ–११
रोहित कुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, आरिफ शेख, लोकेश बम, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, गुलशन झा, नन्दन यादव, करण केसी र ललित राजवंशी।
सेयर गर्नुहोस्






















