कुलमान घिसिङलाई बर्खास्त गर्न जेन-जी मुभमेन्टको माग

हेटौंडा टुडे
२०८२ कार्तिक २५, मंगलवार १४:१९ गते

जेन्जी मुभमेन्ट नेपालले ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । घिसिङ समेतको संलग्नतामा ‘राष्ट्रघाती’ विद्युत खरिद सम्झौता भएको भन्दै उनलाई बर्खास्त गर्न माग गरिएको हो ।

घिसिङ समेतको संलग्नतामा भारतको कम्पनी पीटीसी इण्डिया सँग ४३ करोड बराबर नोक्सान हुने गरी विद्युत खरिद बिक्री सम्झौता गरेको भन्दै जेन–जी मुभमेन्टले उनलाई बर्खास्त गर्न माग गरेको हो ।

विज्ञप्तिमा भनिएको छ- ‘ऊर्जामन्त्री कुलमान घिसिङलाई तुरुन्त बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्नुपर्छ। प्राधिकरणका प्रवन्ध निर्देशक मनोज सिलवाललाई तत्काल निलम्वन गरी सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत छानबिन थाल्नुपर्छ। विद्युत नियमन आयोगले स्वतन्त्र छानबिन समिति गठन गरी सम्पूर्ण विद्युत् सम्झौताहरू सार्वजनिक गर्नुपर्छ ।’

जेन–जी मुभमेन्टले प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवाललाई तत्काल निलम्बन गरी सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत छानबिन थाल्न माग पनि गरेको छ ।

जेन्जी मुभमेन्टले राष्ट्रघाती सम्झौतामा संलग्नलाई जेल हाल्न र राज्यका सम्पत्ति फिर्ता गराउन कानुनी प्रक्रिया तुरुन्त सुरु गर्न समेत माग गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*