हेटौंडा । साताको चौथो सेयर कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। यो समयमा नेप्से परिसूचक ०.६१ प्रतिशतले बढेर २५६५.७७ विन्दुमा अडिएको छ। प्रि ओपन सेसनमा ४२ वटा स्क्रिप्सको ५ हजार ८२५ कित्ता सेयर ९२ लाख २४ हजार ११५ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २२ वटा स्टक्सको मूल्य बढ्दा २० वटाको घट्यो।
सेयर गर्नुहोस्






















