बिहीबार तोलामा ५ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

हेटौंडा टुडे
२०८२ कार्तिक २७, बिहीबार ११:१० गते

हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ हजार ९ सय रूपैयाँले बढेको हो । बुधबार तोलामा २ लाख ४४ हजार ३ सय रूपैयाँमा कारोबार भएको सुन बिहीबार बढेर २ लाख ५० हजार २ सयमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदी तोलामा १ सय ७० रूपैयाँले बढेको छ । महासंघकाअनुसार चाँदी ३ हजार ३ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*