बुधबार सुनचाँदीको मूल्य बढ्यो

हेटौंडा टुडे
२०८२ मंसिर ३, बुधबार ११:१२ गते

हेटौंडा ।नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ४२ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार प्रतितोला ३ हजार ९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा ६० रुपैयाँले बढेको छ । यससँगै बुधबार चाँदीको मूल्य तोलामा ३ हजार १ सय ५० रुपैयाँ कायम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*