हेटौंडा । आजको द्रुत गतिको जीवनमा तनाव एक सामान्य समस्या बनेको छ। कामको दबाब, पारिवारिक जिम्मेवारी, आर्थिक चिन्ता र सामाजिक तनावले हाम्रो मानसिक र शारीरिक स्वास्थ्यमा गहिरो प्रभाव पार्छ । धेरै पटक हामी बुझ्न सक्दैनौँ कि हामी तनावमा छौँ । तर हाम्रो शरीरले यसको संकेतहरू दिन थाल्छ।
तनावले के गर्छ ? कोर्टिसोल हर्मोन श्राव गर्छ । यसरी हर्मोन श्राव मस्तिष्कका नसाहरू थकित हुन्छन् । अनि टाउको दुख्ने, पेट दुख्ने र अनिद्राको समस्या पैदा गर्छ ।
त्यति मात्र होइन, धेरैलाई थाहा नहुनसक्छ, यसले खानेबानी पनि बदल्न सक्छ । हो, जब तनाव हुन्छ, कसैलाई भोकको अनुभव हुँदै हुदैन । उनीहरू भोक नै नलागे पनि केक, फास्टफुड, लेज, कुरकुरे जस्ता प्याकेट बन्द खानेकुरा खाने इच्छा तीव्र रूपले बढ्छ । कहिले भने पटक्कै खान मन नलाग्न सक्छ । यसमा प्रश्न उठ्छ, तनाव हाम्रो
भोकमा असर कसरी पार्छ ?
तनाव वास्तवमा शरीर र दिमागको एक प्रतिक्रिया हो, जुन कसैलाई चुनौतीपूर्ण वा बोझिलो स्थिति सिर्जना गर्छ । यस्तो अवस्थामा तपाईंलाई केही गर्न सक्दिँन जस्तो अनुभूति हुन्छ ।
तनाव वास्तवमा हाम्रो शरीर र दिमागको प्रतिक्रिया हो, जुन चुनौतीपूर्ण वा बोझिलो परिस्थितिमा आउँछ । यस्तोमा अत्यधिक भोक लाग्नु वा प्यास लाग्नु जस्ता व्यवहार हुन सक्छ । मस्तिष्कमा रहेको मटरकोसाको एउटा दाना जस्तो सानो भाग हाइपोथालेमसलाई सक्रिय पार्छ । यसले अत्यधिक भोक लाग्नु वा प्यास लाग्ने हुनसक्छ ।
तनाव के हो ?
यो भाग तनावको प्रतिक्रिया दिने प्रक्रिया सुरु हुन्छ । यो हाम्रो शरीरलाई ‘एक्सन मोड’मा राख्छ । यो मोडले शरीरको प्रत्येक कोषमा असर पुर्याउँछ र एड्रेनेलिन तथा कोर्टिसोल जस्ता हर्मोन सक्रिय गर्छ । यसले हृदय गति र रक्तचाप बढाउँछ ।
थोरै समयको तनाव कहिलेकाहीँ फाइदाजनक पनि हुन्छ । यसले हामीलाई खतरा टार्न वा काम समयमै पूरा गर्न प्रेरणा दिन सक्छ । तर लामो समयसम्म तनावमा रहनु हानिकारक हुन्छ । लगातार तनावमा रहने मानिसहरूमा डिप्रेशन, सम्बन्धमा तनाव, कामको दबाब, निद्राको कमी र तौल बढ्ने समस्या आउन सक्छ ।
तनावमा खाने बानी कसरी रोक्ने ?
सबैभन्दा पहिले त निद्रालाई ध्यान दिनुपर्छ । किनभने यसले तनाव प्रतिक्रियासँग जोडिएका तीन अंगहरूलाई पुनः उर्जा दिन्छ । निद्राले मस्तिष्कको सानो भाग हाइपोथ्यालामस, पिट्युटरी र एड्रिनल ग्रन्थीहरूलाई पुनः सन्तुलनमा ल्याउँछ । यसले तनाव हर्मोन बन्न रोक्छ ।
निद्राको कमीबाट गुज्रिरहनुभएको छ भने क्रेभिङ्स र मिठाई खाने इच्छा साँच्चै बढ्छ । किनभने निद्रा कमीले दिमागलाई बढी ऊर्जाको आवश्यकता पर्छ ।अर्को भनेको व्यायाम हो । व्यायामले पनि तनावको अवस्थाबाट आरामदायक अवस्थामा फर्कने क्षमता बढाउने र मस्तिष्कको कार्यक्षमता सुधार्ने गर्छ ।
यदि तपाईंको अगाडि अत्यधिक दबाबको समय आउँदैछ भने यी आधारभूत कुराहरूमा ध्यान केन्द्रित गर्नाले तनावमा बढी खानबाट जोगिन सकिन्छ ।
तनावमा के-के खानु हुँदैन ?
दिनभरि नियमित रूपमा थोरै–थोरै स्वस्थ खानेकुरा खाने गर्ने हो भने भोक र खानाको तृष्णा दुवै नियन्त्रण गर्न मद्दत गर्छ । अचानक रगतमा चिनीको स्तर बढाउने (ग्लुकोज स्पाइक गर्ने) खानेकुराबाट टाढा रहनुपर्छ, जस्तैः पिज्जा, मिठाइयुक्त स्न्याक्स र साधारण कार्बोहाइड्रेटयुक्त खानेकुरा ।
यसको सट्टा प्रोटिनले भरपूर खाना जस्तैः मासु, सिमी, माछा वा स्वस्थ कार्बोहाइड्रेटयुक्त खानेकुरा (गेडागुडी, दाल, ओट्स आदि ) लिन सकिन्छ ।
तनावबाट राहत पाउनका लागि कतिपय व्यक्तिहरूमदिरातिर लाग्छन् । यो सबै भन्दा नराम्रो बानी भएको डा. स्टोरोनी बताउँछिन् । ‘यदि तपाईंमा तनावको बेला मदिरा पिउने बानी छ भने, त्यस्तो समयमा जतिसक्दो टाढा रहनु नै सबैभन्दा राम्रो हुन्छ ।


















