हेटौंडा । साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ३९.९२ अंकले बढेर २६००.२२ विन्दुमा पुगेको हो।
यस दिन काराबोर रकम पनि एक अर्ब ५९ करोड रुपैयाँले बढेको छ । ६ अर्ब २८ करोड ६७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । गएको साताको अन्तिम दिन चार अर्ब ६८ करोड ८८ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।
२३७ कम्पनीको सेयर मूल्य बढेको छ । १८ कम्पनीको सेयर मूल्य घटेको छ । दुई कम्पनीको सेयर मूल्य स्थिर छ । नेपाल पुनर्बिमा कम्पनी र बोटलर्स नेपाल (बालाजु)को सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
सागर डिस्टिलरीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । नेपाल इन्फ्राइस्ट्रक्चर एन्ड डेभलपमेन्टको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको ६५ करोड ६० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ मध्ये म्युचुअफ फन्ड समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक बढेको छ । जीवन बिमा समूहको परिसूचक सर्वाधिक २.५५ प्रतिशतले बढेको छ ।






















