सोमबार सुनचाँदीको मूल्य घट्यो

हेटौंडा टुडे
२०८२ मंसिर ८, सोमबार ११:०५ गते

हेटौंडा । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा २ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला ३ हजार १ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*