विराटनगरले जनकपुरलाई दियो १३६ रनको लक्ष्य

हेटौंडा टुडे
२०८२ मंसिर ८, सोमबार १३:२७ गते

हेटौंडा । नेपाल प्रिमियर लिग (NPL) मा विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्सलाई १३६ रनको लक्ष्य दिएको छ ।  कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा विराटनगरले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १३५ रन बनाएको हो ।

विराटनगरका लागि बसिर अहमदले ३६ रनको योगदान गरे भने शुभम रन्जानेले ३७ रन जोडे ।  ओपनर लोकेश बम २८, मार्टिन गप्टिल १३ र जर्ज मन्सी १० रनमा आउट भए ।  जनकपुरका लागि सङ्गीथ कुरे र रूपेश सिंहले दुई-दुई तथा आदित्य महतोले १ विकेट लिए । टस जितेर जनकपुरले बलिङ रोजेको थियो ।

आज साविक विजेता जनकपुर पहिलो जितको खोजीमा छ । जनकुपरले यसअघि उद्घाटन खेलमा काठमाण्डू गोर्खाजविरुद्ध पाँच विकेटको हार बेहोरेको थियो । यता, विराटनगर भने लगातार तेस्रो जितको लक्ष्यमा हुनेछ ।

विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको र काठमाण्डू गोर्खाजविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*