लगातार चौथो दिन पनि बढ्यो सेयर बजार, ६ अर्ब ६९ करोडको कारोबार

हेटौंडा टुडे
२०८२ मंसिर १०, बुधबार १५:२६ गते

हेटौंडा । लगातार चौथो दिन पनि सेयर बजारमा वृद्धि भएको छ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.६१ अंकले बढेर २६६५.६० बिन्दुमा बन्द भएको छ ।

अघिल्लो दिन मंगलबार नेप्से ५.३२ अंकले बढेको थियो भने सोमबार ५०.४४ अंकले बढेको थियो । त्यसअघि, आइतबार पनि नेप्से ३९.९२ अंकले बढेको थियो ।

बुधबार नेप्सेमा कुल ६ अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । अघिल्लो दिन मंगलबार भने नेप्सेमा कुल ५ अर्ब ७७ करोड माथिको कारोबार भएको थियो । बुधबार कारोबारमा आएकामध्ये १४२ कम्पनीको सेयर मूल्य बढ्दा १०४ कम्पनीको घटेको छ । यस्तै, ११ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

बुधबार छ कम्पनीको सेयर मूल्य नौ प्रतिशत बढीले वृद्धि भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*