लुम्बिनी विरुद्ध बलिङ गर्दै सुदूरपश्चिम

हेटौंडा टुडे
२०८२ मंसिर ११, बिहीबार ११:५५ गते

हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्स विरुद्ध पहिले बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा  सुदूूपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर बलिङको निर्णय लिएका हुन् ।

सुदूरपश्चिम लगातार चौथो जितको लक्ष्यमा छ । यसअघि सुदूरपश्चिमले  काठमाण्डू गोर्खाज, पोखरा एभेन्जर्स र कर्णाली याक्सलाई पराजित गरेको थियो । यता लुम्बिनी पनि दोस्रो जित चाहन्छ । यसअघि चितवन राइनोजलाई पराजित गरेको लुम्बिनीले  कर्णाली र काठमाण्डूसँग हार ब्यहोरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*