एनपीएल : आजको पहिलो खेलमा चितवनले टस जितेर बलिङ गर्दै

हेटौंडा टुडे
२०८२ मंसिर १२, शुक्रबार ११:५० गते

हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा चितवन राइनोजले टस जितेर पहिले बलिङ गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा केहीबेरमा सुरु हुने खेलमा चितवनले बलिङ रोजेपछि अब काठमान्डु गोर्खाजले ब्याटिङ गर्ने भएको छ ।

आजको खेलमा काठमान्डु गोर्खाजले अघिल्लो खेलबाट कुनै परिवर्तन गरेको छैन । चितवन राइनोजका लागि अमरसिंह राउटेलाको स्थानमा रिजन ढकाल टिममा फर्किएका छन् । चितवनले हालसम्म ३ खेल खेल्दा २ जित र एक हारको नतिजा निकालेको छ । काठमान्डुले ४ खेलमा २ जित र २ हारको नतिजा निकालेको छ ।

चितवन चार अंकका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ भने काठमाण्डुले दुई अंक मात्र बटुलेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*