एनपिएलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै

हेटौंडा टुडे
२०८२ मंसिर १७, बुधबार ११:०८ गते

हेटौंडा । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)२२ औं खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दैछन् । खेल आज दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर पाँच खेल खेल्दा ८ अंकसहित तेस्रो स्थानमा छ भने रोहित पौडेल कप्तान रहेको लुम्बिनी समान खेलमा चार अंकसहित छैटौं स्थानमा छ ।
आजको खेलमा विजयी भए विराटनगर एक खेल अगाडि नै प्लेअफमा पुग्नेछ भने प्लेअफको दौडमा सहभागी बन्न लुम्बिनीले आजको खेल जित्नै पर्ने दबाब छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*